Comments Add Comment

क्याम्पस प्रमुख लावतीको विदाई

रमेश थापा
पाँचथर -पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसका प्रमुख कर्ण बहादुर लावतीको विदाई गरिएको छ । कुम्मायक १ स्थीत यासोक क्याम्पसका प्रमुख लावतीको एक कार्यक्रमका बीच बिदाई गरिएको हो । 
२०६४ सालदेखि यासोक क्याम्पसका प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका लावतीले २०३९ मा भुगोल बिषयमा स्नातत्तोर र २०४३ मा कानुन बिषयबाट स्नातत्तोर गरेका थिए । लावतीले क्याम्पसको स्थापना कालदेखि १५ वर्षसम्म प्रमुखको भुमिका निर्वाह गरेका थिए ।

लावतीले  शैक्षिक र भौतिक गुणस्तर सुधारमा महत्वपूर्ण योग्दान दिएको भन्दै सम्मान पूर्वक बिदाइ गरिएको क्याम्पस संचालन तथा व्यवस्थापन समिति उपाध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
सोही अवसरमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले यासोक क्याम्पसको प्रमुख भएर लावतीले गरेको शैक्षिक क्षेत्रको दिगो विकास र निरन्तरतालाई भुल्न नहुने बताएका थिए । सोही अवसरमा क्याम्पसका लेखापाल हरी मान लावतीको पनि बिदाई गरिएको छ । 
लामो समयदेखि कम पारिश्रमिकमा काम गरेको भन्दै क्याम्पस प्रमुखलाई नगद २ लाख र लेखापाललाई नगद १ लाख रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरी बिदाई गरेको हो । त्यस्तै क्याम्पसमा नब प्रवेसी साहयक उप प्राध्यपक र लेखापाल कर्मचारीलाई समेत स्वागत गरिएको क्याम्पस प्रशासनले जनाएको छ। कार्यक्रम क्याम्पस संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ