मोरङ, १९ माघ
लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पार्नुभयो । सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उहाँले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्छ भन्नुभयो । –––
.png)