दिपक दुलाल,बैशाख ३१
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका होम प्रसाद आङ्देम्बे विजयी भएका छन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनबाट सम्पूर्ण प्यानल सहित आङ्देम्बे वडाध्यक्षमा निर्वाचित भएका हुन् ।उनले खसेको कुल मत १ हजार ७ सय ५० मत मध्ये ९ सय ८७ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीकी शान्ति लिम्बू आङ्देम्बेले ५ सय ५ मत प्राप्त गरेकी छिन् । उक्त वडामा जसपा र एमालेले गठबन्धन गरेका थिए ।
यस्तै महिला सदस्यमा कांग्रेस,माओवादी र एस गठबन्धनकी कमला पराजुली दुलालले ९ सय ३० मत,दलित महिला सदस्यमा हर्कमाया नेपालीले ९ सय ८५ मत,वडा सदस्यहरुमा दिल कुमार आङ्देम्बेले १ हजार ७६ र रामराज आङ्देम्बे ८ सय ७८ मत प्राप्त गरेर विजयी भएका छन् । पराजित महिला सदस्यका उम्मेद्धार मायादेवी नेम्वाङले ४ सय ७६ मत,दलित महिला सदस्य उम्मेद्धार कमला दर्जीले ४ सय ५१ मत, वडा सदस्यका उम्मेद्धारहरु नरेन सम्बाहाम्फेले ४ सय ३ मत र मकर बहादुर तामाङले ५ सय २५ मत प्राप्त गरेका छन् ।
यसैगरी वडा नं.१ बाट फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा एमालेका वीर बहादुर कुरुङवाङले ५ सय ४३ मत र कांग्रेसका बृजहाङ आङ्देम्बेले १ हजार ५१ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेका वविता नेम्वाङले ४ सय ५१ र माओवादीका ठाकुर सिंह नेम्वाङले ९ सय ४३ मत प्राप्त गरेका छन् ।
फाल्गुनन्द गाउँपालिका वडा नं.१ को मतगणना सम्पन्न भएसँगै वडा नं.२ को मतगणना कार्य शुरु गरिएको छ ।
.png)