पाँचथर- पाँचथरको फिदिम नगरपालिकाका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरलाई शैक्षिक सामाग्री बितरण गरिएको छ। फिदिम–१ को पिपलबोटे आ.वि. नाम्दु र कात्र्तिके आवि का ६० जना विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी बताए ।
जनसेवा समाज पाँचथरको समन्वयमा स्वर्गिय पदमलाल बाँस्कोटाका छोराहरु मनप्रसाद, कमल र टिकाराम बाँस्कोटाको आर्थिक सहयोगमा कात्र्तिकेका २८ र पिपलबोट आविका ३२ गरी ६० जना विद्यार्थीलाई स्कुलब्याग सहित स्टेसनरी सामाग्री बितरण गरिएको थियो। छुट्टाछुट्टै विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
.png)