यासोक—पाँचथरको कुम्मायक गाउँपालिका १ र २ न. वडाबाट देबेन्द्रकुमार लावती र बालकृष्ण सेर्मा प्यानलै सहित निर्वाचित भएका छन । गठबन्धनको तर्फबाट साझा उमेद्धवार बनेका लावती जनता समाजवादी पाटीबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँले स्वतन्त्रका उमेद्धवार टंक बहादुर पौडेललाई २ सय ३९ मतको अन्तरले हराउदै वडा अध्यक्षमा प्यानल सहित निर्वाचिन हुनुभएको हो । लावतीले ६ सय ८८ मत प्राप्त गर्दा पौडेलले ४ सय ४९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै एमालेका सन्तोष लावतीले ३ सय ५७ मत त्यस्तै राप्रपाका जगतजंग लावतीले १ सय १ मत ल्याउनु भएको थियो ।
त्यसैगरी वडा नं. २ माङ्जाबुङबाट एमालेका याम बहादुर सेर्मालाइ २ सय ८७ मत अन्तरले हराउदै गठबन्धनका साझा उमेद्धवार बालकृष्ण सेर्मा प्यानल सहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका सेर्माले ५ सय ८५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका वडा अध्यक्ष सेर्माले ८ सय ७२ मत प्राप्त गरी बिजयी हुनुभएको थियो । त्यस्तै राप्रपाले ५५ र स्वतन्त्र उमेद्धवारले ५१ मत प्राप्त गरेका थिए ।
कुम्मायक गाउँपालिका वडा नं. २ को मतपरिणाम
पालिका अध्यक्ष
भिम प्रसाद सम्बाहाम्फे (सूर्य) ४६६
बम प्रसाद लावती (रुख) १०७३
मदन चाम्लिङ राप्रपा (हलो चिन्ह) २८
सूर्य किरण साम्पाङ स्वतन्त्र (लाल्टिन) ०
बदर मत ९९
पालिका उपाध्यक्ष
सिता रिजाल आचार्य (सूर्य) ५२८
महेन्द्र बहादुर खड्का (गोलाकाभित्रको हसिँया हथौडा) ८५९
राप्रपा हलो ४४
बदर मत २३५
वडा अध्यक्ष
याम बहादुर सेर्मा (सूर्य) ५८५
बालकृष्ण शेर्मा (कलम) ८७२ (बिजयी)
राप्रपा हलो ५५
लाल्टिन ५१
बदर मत १०३
महिला सदस्य
सूर्य ५७२
कलम ८७४
हलो ५६
बदर मत १६४
दलित महिला सदस्य
सूर्य ५०५
कलम ९१७
बदर मत २४४
सदस्य
सूर्य ५०९
दुई सूर्य ५२४
कलम ७६१
दुईवटा कलम ७६४
हलो ५९
दुई वटा हलो ११०
दाप सहितको खुकुरी १६७
दुई वटा दाप सहितको खुकुरी १२६
बदर मत ३१२
.png)