Comments Add Comment

रविको सांसद पद गुमेपछि आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको आयाेगसँग माग

काठमाडौं, २२ माघ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि उपविजेता रहेका कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन् । 

१३ माघमा सर्वाेच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो । 

सोही आधारमा आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणाको माग गर्दै  निर्वाचन आयोगमा निवेदन दिएका छन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ