Comments Add Comment

फाल्गुनन्द गाउँपालिकामा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया : कृषि र पर्यटन उच्च प्राथमिकतामा

रमेश थापा 
पाँचथर—
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जनप्रतिनिधि र पत्रकार बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिको आगामी योजना साथै समृद्ध पालिका निर्माणको बिषयमा छलफल भएको हो । 
शनिवार कार्यालयमा जनप्रतिनिधिहरुसंग छलफल साथै सामुहिक रिपोर्टिङ कार्यक्रमा सहभागी पत्रकारको प्रश्नमा गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जवाफ सहितको प्रतिवद्धता जनाएका थिए । पत्रकार दोय रबिन्द्र काफ्ले र दिपक बोहोराले कृषि र पर्यटन क्षेत्रमा गाउँपालिकामा प्रचुर सम्भावना रहेको जोड दिदै यसलाई उच्च प्राथमिकता राखेर अघि बढ्नु पर्ने सुझाव दिए । त्यस्तै पत्रकार सन्देश सुब्बाले मिडियालाई पालिकाले समानुपातिक र समावेशि ढंगबाट साथ र सहयोग गर्नुपर्ने माग राखेका थिए । 

जवाफमा प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले भौगोलिक रुपमा गाउँपालिका बिकट क्षेत्र भएकाले पत्रकारको नजर बढि हुनु पर्ने बताए । उनले भने ‘हामी पत्रकार सञ्चारमाध्यम प्रति सकरात्मक छौ । बिगतका दिनमा पनि सकरात्मक थियौ । आगामी दिनमा पनि यसलाई प्रभावकारी ढंगबाट गाउँपालिकाले सञ्चारमाध्यमलाई समानुपातिक र समावेसी रुपमा सहयोग गर्छ ।’

त्यस्तै गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कृषि जन्य उत्पादन र बजारिकरणलाई पहिलो प्राथमिकता राखेको बताए । पत्रकारको प्रश्नमा जवाफ दिदै उनले सात वटा वडालाई कृषि पकेटको रुपमा बर्गिकरण गरी काम गर्ने प्रतिवद्धता जनाए । ‘कृषि क्षेत्र जस्तै पर्यटन क्षेत्रमा त्यस्तै सम्भावना छ आङ्देम्बेले भन्े हामी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासमा बजेट बिनियोजन गरी अघि बढ्छौ । प्रचार प्रसारको पाटोमा पत्रकारको साथ चाहिन्छ । पालिकाले सञ्चार माध्यम प्रति हेर्ने दृष्टिकोण समान राख्छ । त्यसमा ढुक्क हुनुहोस ।

अन्तरक्रियासंगै जनप्रतिनिधि र पत्रकारको सयुक्त टोलीले गाउँपालिकाको बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन र निरिक्षण गरेको थियो । धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक बृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पााचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, अध्यक्ष गिरिराज बास्कोटा लगायतको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ पाँचथरको आयोजना साथै गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ