Comments Add Comment

फाल्गुनन्दमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि जयनारायण आदर्शलाई

दिपक दुलाल,माघ २९

फाल्गुनन्द गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले प्रथम स्थान हासिल गरेको छ।
फाल्गुनन्द गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी १० स्वर्णपदक, ६ रजत पदक र ८ कांस्यपदक  प्राप्त गरेर यसवर्षको खेल आयोजक जयनारायण आदर्श मावि मेहेलबोटेले प्रथम स्थान हासिल गर्न सफल भएको हो। यस्तै ६ स्वर्णपदक, ३ रजतपदक र २ कांस्यपदकका साथ घुर्विसे पञ्चमी माविले दोस्रो स्थान प्राप्त गरेको छ। जनकल्याण माध्यमिक विद्यालय कोल्बुङले ४ स्वर्णपदक, ३ रजत पदक र ४ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ।


यसैगरी सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले ५ स्वर्णपदक, ८ रजत पदक र ४ कांस्यपदक प्राप्त गरेको छ। सत्यहाङ्मा मावि इम्बूङले ३ स्वर्णपदक ३ रजत पदक र २ कांस्यपदक,ज्योति मावि दोबाटेले २ स्वर्णपदक, ३ रजत पदक र १ कांस्यपदक,  सारताप मावि सारतापले २ स्वर्ण पदक, १ रजत पदक र २ कांस्यपदक, जलसिंह मावि चिम्फुलाले ५ रजत र ७ कांस्यपदक, सिद्धेश्वरी मावि चिलिङ्देनले १ कांस्यपदक र सिद्धेश्वरी मावि सुर्केनागीले १ रजत पदक जित्न सफल भएका छन् । 


प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले कप,मेडल,प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो। आयोजक विद्यालय जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेका प्रधानाध्यापक प्रकाश आचार्यले प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यावाद ज्ञापन गर्नुभयो। फाल्गुनन्द गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। 

 यहि माघ २६,२७ र २८ गते फाल्गुनन्द गाउँपालिका वडा नं.६ स्थित जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेमा सञ्चालन भएको यसवर्षको  फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्धघाटन गर्नुभएको थियो।

उद्धघाटन कार्यक्रमका विशेष अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुुर सिं नेम्वाङ,जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान लगायतले कार्यक्रम पूर्ण सफलताको शुभकामना दिनुहुँदै मन्तव्य राख्नुभएको थियो।
 कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका  प्रतिनिधीहरु,अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिकाभरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ