Comments Add Comment

भारतसँग विकास सहायता र कनेक्टिविटीको विषयमा कुरा गरेका छौँ : मन्त्री राई

काठमाडौं, १ फागुन ।

परराष्ट्र मन्त्री विमला राई पौडेलले पछिल्लो समय नेपालले भारतसँग विकास साझेदारीका विषयमा कुराकानी गरेको जानकारी दिएकी छन् । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सोमबार भएको भेटपछि मन्त्री राईले विशेषगरी भारतसँग विकास सहायता र कनेक्टिविटीमा जोड दिएको जानकारी दिइन् । 

कनेक्टिविटीअन्तर्गत हवाइ यात्राका विषयमा दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिएकी उनले रुट खोज्नेदेखि हवाइ यात्रामा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको बताइन् । 

दुई पक्षीय सम्बन्ध बलियो बनाउँदै विकासको क्षेत्रमा जोड दिनेगरी छलफल भएको जानकारी दिएकी उनले विशेषगरी जलवायु परिवर्तनले दुवै देशलाई असर गरेकाले एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताइन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ