मदन थापा
पाँचथर- इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट युवा संघ नेपालका नेता कार्यकर्ताहरूले इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै आज काठमाडौंको बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् । युवाहरुले प्रदर्शन गर्दा उक्त सडक खण्ड केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।

सरकारले आगामी साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । कालोसूचिवाल ठेकेदार नेपाली लिपि मास्ने मतियार, लिपि मास्न पाईदैन इम्बोष्ड प्लेट चाहिदैन्, अर्थतन्त्र छ चौपट परमादेशी सरकार कमिसनको लटपट लगायतका नारा लगाउदै नेकपा एमाले निकट युवा संघ नेपालका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।
यता यातायात व्यवस्था विभागले भने साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ । जेठ २४ गते विभागले ५ पाना लामो विज्ञप्ति निकाल्दै आफूहरुको आशय साउन १ गतेबाट सबैलाई अनिवार्य गर्ने भनेको नभई पहिले नै शर्त तोकिएका निकायहरुले इम्बोस्ड जडान गरे कि गरेनन्, त्यस सम्बन्धमा मात्रै अनुगमन गर्ने भनेको बताउँदै आफ्नै पहिलेको सूचनाको खण्डनसहित बचाउ गरेको छ ।
.png)