कुमार खड्का
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरस्कार वितरण कार्यक्रम रोकिएको छ। बिद्यालयले गैर बिद्यार्थीलाई खेलमा समावेश गराएको भन्दै निवेदन परेपछि पुरस्कार वितरण रोकिएको हो।
गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम गत २७ गतेबाट कुम्मायक २ माङजाबुङ स्थित श्री सिध्द सरस्वती मा.वि. ले कार्यक्रमको आयोजना गरेको थियो। २७ गते गाउँपालिकाका अध्यक्ष वम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खडका लगायत जननिर्वाचित प्रतिनिधि र कर्मचारी सहितको टोलीले भव्य उद्घाटन गरेको कार्यक्रमको खेलहरु ३ दिन सम्म राम्रै तरिकाले चलिरहेको थियो। अन्तिम दिन २९ गते छात्रा र छात्रहरु बिचको भलिवल खेल बाकीँ थियो, छात्राहरुको खेल सकिएपछि छात्रहरुको खेल सुरु भयो । पृथ्वी मा.वि. यासोक र सिध्द सरस्वती मा.वि. माङजाबुङ बिचको भलिवल खेलमा सिध्द सरस्वती मा.वि. माङजाबुङले पृथ्वी मा.वि. यासोकलाई हरायो, रनिङ शिल्ड प्रतियोगिताभर सिध्द सरस्वती मा.वि. माङजाबुङ र महेन्द्रदोय मा.वि. स्याबरुम्बा बिच निक्कै प्रतिस्प्रधा भएको थियो, बराबर स्वर्ण पदक जितेका यी २ बिध्यालयले छात्रहरुको भलिवलमा पृथ्वी मा.वि. यासोकले सिध्द सरस्वती मा.वि. माङजाबुङलाई जितेको भए रनिङ शिल्डको उपाधी महेन्द्रदोय मा.बि स्याबरुम्बाले जित्ने थियो। छात्रहरुको भलिवल खेल सकिएपछि अलिअलि हल्ला आउन थाल्यो, सरस्वती मा.बि माङजाबुङले गैर बिद्यार्थीलाई खेलमा समावेश गराएको अन्य बिद्यालयले आरोप लगाए।
महेन्द्रदोय मा.वि. का शिक्षक र बिद्यार्थी आक्रोसित भए त्यस्तै अन्य बिद्यालयहरुले पनि आक्रोस व्यक्त गरे। सिध्द सरस्वती मा.बि माङजाबुङले भलिवल खेलमा २ जना गैर बिद्यार्थीलाई खेल खेलाएको बन्दै छानबिन गर्न पृथ्वी मा.वि. यासोकले निवेदन दिएको छ। त्यस्तै महेन्द्रोदय मा.वि.ले पनि रिले खेलमा माङजाबुले गैर विद्यार्थीलाई खेल खेलाएको भन्दै छानबिन गर्न खेलकुद समितिलाई निवेदन दिएको छ। अगाडी ट्रफि मेडल राखेर पुरस्कार वितरण गर्न ठिक्क परेका प्रमुख अतिथि र अन्य अतिथि पनि पुरस्कार वितरण नगरी फर्किए।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० दफा १२ उपदफा (४) मा गैर बिद्यार्थी तथा १८ वर्ष भन्दा बढि उमेर समुहका बिद्यार्थीले यो प्रतियोगितामा भाग लिन पाउने छैन्। यदि कसैले भाग लिई प्रतियोगितामा पदक प्राप्त गरेको खण्डमा त्यस्तो पदक खोस्ने र निकतम प्रतिस्पर्धी खेलाडीलाई प्रदान गरिने तथा मापदण्ड बाहिरका खेलाडीलाई सहभागी गराउने बिद्यालय र बिद्यायलका प्रधानध्यापकलाई आयोजक समितिले उचित देखेको अनुशासन सम्बन्धी कारबाही गर्ने वा कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ, भनिएको छ।
यता सिध्द सरस्वती मा.वि. माङजाबुङका प्रधानध्यापक पूर्ण सेर्माले बिद्यालयले गैर बिद्यार्थीलाई प्रवेश निशेध गरेपनि कसरी त्यस्तो भयो आफु छक्क परेको बताए। बिद्यालयले गैर बिद्यार्थीलाई खेल खेलाउने नियत नराखेको उनले बताए। बिद्यालयले गैर बिद्यार्थीलाई खेल खेलाएको हो ? भन्ने प्रश्नमा १ जना गैर बिद्यार्थीले खेल खेलेको सेर्माले स्वीकारे । त्यस्तै उनले पृथ्वी मा.वि. यासोक र महेन्द्रदोय मा.वि.ले पनि गैर बिद्यार्थीलाई खेल खेलाएको भन्दै निवेदन दिएका छन्। यता पृथ्वी मा.वि. यासोकका सहायक प्रधानध्यापक फूलकुमारी नेम्बाङले आफुहरुले गैर बिद्यार्थीलाई प्रवेश नदिएको बताईन। उनले संम्बन्धीत निकायलाई छानबिन गरेर सत्य तत्थ्य बहिर ल्याउन पनि आग्रह गरिन।
त्यस्तै कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले समिति बनाएर छानबिन गर्ने बताएका छन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुम्मायकका ५ वटा मा.वि. हरुको सहभागिता रहेको थियो।
_16.jpg)
.png)