रमेश थापा
पाँचथरः यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सर्वसहमतीमा गठन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन। समितिको चौथो साधारण सभा मार्फत उनिहरुले दलिय भागबण्डा र अनावश्यक खिचातानी नगरी समिति गठन गर्न सुझाव दिएका हुन। पुरानो समितिको कार्यअवधि पूरा भएपछि नयाँ समिति गठन हुदै गर्दा यस्तो सुझाव आएको हो।
खानेपानी योजनाको अझै २५ प्रतिशत काम बाँकी रहेको र चुहावट रोकथाम गर्नु पर्ने चुनौति छ। यस्तो मुख्य चुनौति रहेको अवस्थामा सम्वेदनशिल हुन आग्रह गरेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए। “खानेपानी योजना सबैको साझा सम्पती हो। यसको संरक्षण सबैले गर्नुपर्छ। तव मात्र दीर्घकालीन समस्याको समाधन हुन्छ।” चौधरीले थपे, कार्यालयले गर्ने सहयोग निरन्तर हुन्छ। बिगतमा पनि बढि प्राथमिकता दिएर सहयोग गरेको स्मरण गर्दै यो सहयोगलाई कार्यालयले निरन्तरता दिन्छ। यसमा ढुक्क बन्नुहोस् उनले भने।
साधारण सभामा बोल्ने जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुले व्यक्तिगत स्वार्थ नराखी साझा सम्पती हो भन्ने भावना राखेर योजना संचालन गर्न सुझाव दिएका थिए। यता गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले तमोर खानेपानी वृहत योजना भएकाले समितिले ठुलो योजना संचालन गर्न नसक्ने भन्दै पालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता जनाए।
कार्याक्रमका अध्यक्ष साथै तमोर पम्पिङ उपभोक्ता समिति अध्यक्ष डम्बरसिं सम्बाहाम्फेले बिगतमा समितिले खानेपानी व्यवस्थापनसंगै उपभोक्ताको घरमा धारा जडानसम्मको काम सम्पन्न गरेको बताए। उनिभन्छन् “सबैको घर घरमा खानेपानी पहुँच पुगेको छ। केही स्थानमा सडक निर्माणको समस्याले धारा जडान गर्न बाँकी छ। केही स्थानमा खानेपानीको ट्याङ्की निर्माण गरी खानेपानी बितरण गरिएको छ। केही वर्ष आफ्नो स्वास्थ्यमा आएको समस्याका कारण काम गर्न नसके पनि अन्य पदाधिकारीलाई कार्यभार जिम्मा दिएको थिए। केही प्राविधिक समस्या भए पनि समितिले राम्रो काम गरेको छ् उनले भने।
साधारण सभा मार्फत समिति गठन गर्न नसकेपछि २१ गते मंगलवारका दिन पुनः बैठक बसी समिति गठन गर्ने समितिले जनाएको छ।
.png)