Comments Add Comment

पाँचथरका ५ जनासहित चेम्जोङ वंशका १९ जनप्रतिनिधिलाई सम्मान (नामावली सहित)


 

पाँचथरः मावोहाङ् चेम्जोङ् वंशको साझा संस्था थाक्थाकुम मावोहाङ चेम्जोङ वंश उत्थान संघको १२ औं केन्द्रीय परिषद भेला दमकमा सम्पन्न भएको छ ।

शनिवार दमक किरात भवनमा लेखक, इतिहासकार शेरबहादुर इङ्नाम पापोको प्रमुख आतिथ्यतामा सम्पन्न संघको १२ औं केन्द्रीय परिषद भेलामा स्थानीय तहको निर्वाचन २०७९ मा चेम्जोङ वंशका १९ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विशेष सम्मान गरिएको थियो ।

जसमा १ जना गाउँपालिका अध्यक्ष, ६ जना वडा अध्यक्ष र १२ जना वडा सदस्यहरु रहेका छन् । भेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि माननीय पूर्व रा.प.सं, लेखक, इतिहाँसकार, सामाजिक तथा राजैनैतिक व्यक्तित्व शेरबहादुर इङ्नामले स्थानीय तहमा निर्वाचित चेम्जोङ वंशका जनप्रतिनिधिहरुलाई सम्मान गरका छन् । उनले चेम्जोङ् वंशका अग्रणी व्यक्तित्व साहित्यकार तथा इतिहासकार स्व.इमानसिङ् चेम्जोङको जीवनी चर्चा गर्दै सुभा, सुभाङ्गी लिम्बुवानको रीति थितिको वारेमा विशेष चर्चा गरेका थिए । कार्यक्रममा इङ्नामले राजनैतिक सिध्दान्त दलीय शासन व्यवस्थाको सन्दर्भ जुनसुकै पक्षमा वा दलमा लागेर हिँडेता पनि वंशलाई विर्सनु नहुने कुरा जोड दिए । स्व. इमानसिङ चेम्जोङ विरासत जोगाउन र चेम्जोङ वंशका अगुवालाई आग्रह गरेका छन् ।

 

भेलामा सम्मान ग्रहण गर्दै चौविसे राजारानी निवासी डा.शुक्रबहादुर चेम्जोङले शुभकामना मन्तव्य राखेका थिए । चेम्जोङ वंशले स्व.चेम्जोङको हरेक कामहरुलाई जीवन्त राख्नको निमित्त भाषा, साहित्य र लिपिको प्रयोग समाजमा बढाउँदै लानु पर्ने कुरामा ध्यानकर्षण गराए । उनले चेम्जोङको अस्तित्व र पहिचानको मुद्धामा भाषण गरे मात्र हुँदैन व्यवहारमा लागु गर्न सुझाव दिए ।

भेलामा किराँत याक्थुङ् चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले शुभकामना मन्तव्यमा चेम्जोङ वंशका निर्वाचित जनप्रतिनिधिहरुलाई स्व.चेम्जोङले देखाएको बाटो हिड्न स्थानीय तवरबाट लिम्बू/ याक्थुङ् जातिहरुको मूलतःभाष साहित्य र समाधिस्थलको एजेण्डालाई विशेष सम्वोधन गर्न बताएका छन् ।

 

धनकुटा चौविसे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार चेम्जोङले वंशको सम्मान ग्रहण गर्दै सम्पूर्ण चेम्जोङ वंशलाई धन्यवाद व्यक्त गरे । मन्तव्यकै क्रममा उनले आफ्नो वंशको आशिर्वादले चेम्जोङ कुलको शीर निहुरिने काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा रायाली भवन दमकका अध्यक्ष धिरेन लाओती, लाओती सयङ केन्द्रीय सचिव सुरेश लाओती, सम्बाहाम्फे सयङ धिरेन्द्र सम्बाहाम्फे, चुम्लुङ राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिं सम्बाहाम्फे, मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ, जनप्रतिनिधि वडाअयक्षहरु धनकुटा चौविसे गा.पा वडा न.६ का वडाअध्यक्ष आशिष चेम्जोङ, चौविसे वडा न. ७ का वडाअध्यक्ष रुद्रप्रसाद चेम्जोङ, झापा शिवसताक्षी नगरपालिका वडा न.१ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङ, झापा शिवसताक्षी नगरपालिका वडा न.७ का वडा अध्यक्ष भुवानी विक्रम चेम्जोङ, झापा बुद्धशान्ति गाउँपालिका वडा न.३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, धनकुटा चौविसे गा पा वडा न.७ का वडा सदस्य हर्क चेम्जोङ, झापा गौरादह नगरपालिका वडा न.५ का वडा सदस्य गोमा राई चेम्जोङ लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

थाक्थाकुम मावोहाङ चेम्जोङ वंश उत्थान संघका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङको अध्यक्षतामा परिषद भेलाको उद्घाटन सत्र सम्पन्न भएको थियो । स्वागत मन्तव्य संघका केन्द्रीय उपाध्यक्ष गंगा चेम्जोङले राखेका थिए भने संचालन केन्द्रीय सचिव गुरु चेम्जोङले गरेका थिए ।

 

परिषद् भेलामा सम्मानित व्यक्तित्व एवम् चेम्जोङ् जनप्रतिनिधीहरुः

१. डा.शुक्रबहादुर चेम्जोङ

२. गा.पा.अध्यक्ष -राजकुमार चेम्जोङ चौविसे गाउँपालिका, धनकुटा

३. वडा अध्यक्ष -आशिष चेम्जोङ चौविसे गा.पा.वडा न.६, धनकुटा

४. वडा अध्यक्ष -रुद्रप्रसाद चेम्जोङ चौविसे गा.पा.वडा न.७, धनकुटा

५. वडा अध्यक्ष -लक्ष्मी चेम्जोङ शिवसताक्षी नगरपालिका वडा न.१, झापा

६. वडा अध्यक्ष -भुवानी विक्रम चेम्जोङ शिवसताक्षी नगरपालिका वडा न.७, झापा

७. वडा अध्यक्ष -पर्शुराम चेम्जोङ बुद्धशान्ति गाउँपालिका वडा न.३, झापा

८. वडा अध्यक्ष -विष्णु कुमार चेम्जोङ फाल्गुनन्द गाउापालिकावडा न.५, पाँचथर

९. म.वडा सदस्य-छलमाया राई चेम्जोङ चौविसे गा.पा.वडा न.६, धनकुटा

१०. म.वडा सदस्य -यज्ञकुमारी इवा चेम्जोङ चौविसे गा.पा.वडा न.७, धनकुटा

११. वडा सदस्य -हर्कमान चेम्जोङ चौविसे गा.पा.वडा न.७, धनकुटा

१२. वडा सदस्य -विजय चेम्जोङ चौविसे गा.पा.वडा न.७, धनकुटा

१३. वडा सदस्य -पूर्णजङ चेम्जोङ शिवसताक्षी नगरपालिका वडा न.१, झापा

१४. म.वडा सदस्य- गोमा राई चेम्जोङ गौरादह नगरपालिका वडा न.५, झापा

१५. वडा सदस्य -घनेन्द्र चेम्जोङ फाल्गुनन्द गाउँपालिका वडा न.५, पाँचथर

१६. म.वडा सदस्य -गंगा थेबे चेम्जोङ फाल्गुनन्द गाउँपालिका वडा न.५, पाँचथर

१७. वडा सदस्य -अर्जुन चेम्जोङ फाल्गुनन्द गाउँपालिका वडा न.५, पाँचथर

१८. वडा सदस्य- इन्द्रप्रसाद चेम्जोङ कुम्मायक गाउँपालिका वडा न.५, पाँचथर

१९. वडा सदस्य -चन्द्रबहादुर चेम्जोङ पथरी सनिश्चरे नगरपालिका वडा न.३, मोरङ्

२०. वडा सदस्य -भक्त चेम्जोङ माईजोगमाई गाउँपालिका वडा न.१, इलाम- पोक्लाबाङ न्युजबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ