काठमाडौँ, ६ फागुन
नेपाली सेनाले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ।
सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उहाँहरूलाई उक्त पदक प्रदान गर्नुभएको हो । प्रधानसेनापति प्रशंसा पदक प्राप्त गर्नेमा प्रख्यात सञ्चारमाध्यम अल जजिरा सञ्चारमाध्यमका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेल हुनुहुन्छ।
पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पु¥याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ ।–––

.png)