रमेश थापा
यासोक : नजसेवा समाज पाँचथरको समन्वयमा फालेलुङ गाउँपालिका ३ का लक्ष्मण राईको घर निर्माण गरिएको छ। लामो समयदेखि कष्ठकर जीवन बिताउदै आएका राई, निर्माण गरिएको नयाँ घरमा बस्न पाउने भएका छन ।
अपाङतासँगै एकल जीवन बिताउदै आएका राइलाई जनसेवा समाज पाँचथर र नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बेको आर्थिक सहयोगमा घर निर्माण गरिएको हो।
सशस्त्र प्रहरीको हिमशिखर गुल्म पाँचथर र स्थानीयको सहयोगले राईको घर निर्माण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। राईलाइ निर्माण गरिएको घरमा ढुंगा, माटो, काठ र टिन प्रयोग गरिएको छ। उनलाइ फागुन ७ गते निर्माण गरिएको घर हस्तान्तरण गरिने अधिकारी बताउछन ।
.png)