Comments Add Comment

सिंहदरबारका कर्मचारीले प्रधानमन्त्रीलाई समेत पत्याउन छाडे,फाइल अगाडि बढाउन पैसा खोजेको आरोप

 

 

पाँचथरः मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भ्रष्टाचारको अखडा बनेकोएक बहालवाला सचिवले नै खुलासा गरेका छन् ।

सरकारकै वरिष्ठ सचिवले सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेकोबताउँदै यस्तो खुलासा गरेका हुन् ।

अस्ति बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा ती सचिवले भने, ‘बिनापैसा कुनै पनि फाइल अघि नबढ्ने अवस्था छ, आफ्नै आँखाले त्यस्तो दृश्य देख्नुपर्दा चिन्ता लाग्छ ।बहालवाला सचिवमध्ये तुलानात्मक रूपमा इमानदारमानिने ती कर्मचारीमा नैराश्यता छाएकोसमेत देखियो ।

कुराकानीका क्रममा उनले निधार खुम्च्याउँदै अधिकांश मन्त्री, सचिव तथा उच्चपदस्थ मुलुक सुधारका लागि भन्दा आफ्नै स्वार्थ सेक्ने काममा लागेका र देश अझै बर्बादीतर्फ जान सक्नेभन्दै चिन्ता व्यक्त गरे । अहिले कसैलाई कसैको डर छैन, न प्रधानमन्त्रीसँग मन्त्री डराउँछन, न त मन्त्रीसँग सचिव नै डराउँछन्,’ उनले थपे, ‘जसरी हुन्छ, पैसा कमाउने विषयमा सबैको मिलिमतो र नेक्सस छ ।

ती सचिवका अनुसार यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ओम्नी, यतिजस्ता काण्डमा फसे पनि सिंहदरबारभित्र यति धेरै भ्रष्टाचार मौलाएकोथिएन् । त्यतिखेर एक किसिमको कमान्ड थियो, कर्मचारी तथा प्रहरी सरुवाबढुवामा कुनै किसिमको लेनदेन हुँदैनथ्यो,’ उनले भने, ‘अहिले त कर्मचारीप्रहरी सरुवाबढुवामा ब्रिफकेस नै चल्ने गरेको छ ।-यो खबर आजको राजधानी दैनिकमा मा छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ