Comments Add Comment

यो शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्न सक्दैन : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको विद्यमान शिक्षा प्रणालीले वर्तमान चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार पार्न नसक्ने बताएका छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन २०८० लाई सम्बोधन गर्दै उनले नेपालको शिक्षा प्रणालीलाई लिएर आज शिक्षकहरू आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै सरकारको त्यसमा गम्भीर हुनुपर्ने बताए ।
 
उनले भने, ‘यसको लागि आजको लागि आवश्यक योग्य जनशक्ति तयार गर्नुपर्छ, आजको चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार गर्नुपर्छ । त्यसको लागि शिक्षा प्रणाली धेरै महत्वपूर्ण छ । आज शिक्षकहरू आन्दोलित छन् किनभने माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ, के त्यसैले सबै पक्षबारेमा सोच्न सक्छ, विद्यालयको प्रगतिभन्दा पनि त्यसको प्रयोगको बारेमा मात्रै सोच्न सक्ने अवस्था बन्न सक्छ ।’ 

उनले अब सन् २०५० लाई आधार मानेर नयाँ भिजनसहितको दस्तावेज बनाउने, आर्थिक मन्दी, व्यापार घाटा, विभिन्न क्षेत्रले भोग्नुपर्ने समस्या समाधान बारेमा सोच्न आवश्यक भएको बताए । 

उनले भने, ‘अब नयाँ ढङ्गले सन् २०५० लाई आधार मानेर एउटा नयाँ भिजनसहितको दस्तावेज बनाउने कुरामा जुट्नु आवश्यकता छ । दोस्रो भनेको तत्कालका समस्या आर्थिक मन्दी, व्यापार घाटा, विभिन्न क्षेत्रले भोग्नु परेका समस्याको बारेमा अहिले नै हामीले उपायको लागि पनि व्यवस्थित रुपमा अगाडि बढाउनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ