Comments Add Comment

त्रिशाली कृषि सहकारी संस्थाको आठौँ साधारण सभा सम्पन्न

कुमार खड्का

यासोक- त्रिशाली कृषि सहकारी संस्था लिमिटेड कुम्मायक १ को साधरण सभा सम्पन्न भएको छ । शुक्रवार पृथ्वी मावि यासोकको सभाहलमा सहकारीको आठौँ साधारण सभा सम्पन्न भएको हो । 

साधरण सभामा संस्थाको आर्थिक तथा वितिय र अन्य गतिविधिहरुको प्रगति पेश गरिएको थियो। संस्थामा २ सय ९७ जना सेयर सदस्यहरु रहेका छन। संस्थाको कुल पुजी ७६ लाख ३२ हजार ९ सय रहेको संस्थाको संञ्चालक समितिका सचिव रुमा बोहोराले जानकारी दिनुभयो । संस्थामा आवद्ध सदस्यहरुको निधन भए सहकारीले प्रति परिवार  १० हजार प्रदान गर्दे आएको सचिव बोहोराले बताउनुभयो ।

सभालाई सम्बोधन गर्दे कुम्मायक गाउँपालिकाका उपाध्यक्ष तथा शहकारी सहजीकरण संयोजक महेन्द्र खड्काले पालिकाको समृद्धि विकासको लागि सहकारीहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो। खड्काले समुदायबाट स्थापित सहकारी संस्थाहरुको भुमिकाबाट पालिका अगाडी बढाउन महत्वपूर्ण योगदान रहेने बताउनुभयो । 

साधरण सभामा शहकारी संस्थाका अध्यक्ष उमादेवी चाम्लिङ राईले संथाको २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ललिता लावतीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका व्यवस्थापक प्रतिमा आङदेम्वेले त्रिशाली कृषि शहकारी संस्थाको  वितिय तथा व्यवस्थापकिय प्रतिवेदन पेश गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ