यासोक—पाँचथरको कुम्मायक गाउँपालिकालाई दुई वर्ष भित्र फुसको छानो मुक्त गर्ने एमालेको उमेद्धवारहरुले प्रतिवद्धता जनाएका छन । उमेद्धवारहरुले घोषणा पत्र सार्वजिनक गर्दै दुई वर्ष भित्रै गाउँपालिकालाई फुसको छानो मुक्त गर्ने प्रतिवद्धता जनाएका हुन ।
गाउँपालिकाको पाँच वर्षे कार्यकालको नेतृत्व गरेको एमालेले घोषणा पत्रमा दुई वर्ष भित्र फुसको छानो मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन । यस अघि स्थानीय तह निर्वाचनको चार वर्षे अवधिमा ७० प्रतिशत नागरिकलाई जस्तापाताको छानो बितरण भएको थियो । तर चालु आर्थिक वर्ष २०७८—०७९ मा गठबन्धन सरकारले बजेट कटौती गरेपछि नागरिकमा असन्तुष्टि बढेको थियो । त्यसैलाई सम्बोधन गर्न दुई वर्ष भित्र बाँकी रहेका नागरिकलाई जस्तापाता बितरण गरी फुसको छानो मुक्त गर्ने प्रतिवद्धता जनाएको उपाध्यक्षको उमेद्धवार सिता आचार्यले बताउनुभयो ।
नेपाल सरकारले समेत सुख्खाक्षेत्र घोषणा गरेको कुम्मायकमा जस्तापाताको छानो लगाउने स्थानीयको संख्या बढ्दै गएको छ । वर्षादको पानी संकलन गर्न जस्ताको छानो उपयुक्त हुने भएकाले स्थानीयले जस्तापाता माग गर्दै आएका छन । निशुल्क पाउने जस्तापाताको अनुदान सरकारले कटौती गरेपछि स्थानीय निराश समेत भएका छन ।
.png)