Comments Add Comment

मुस्ताङ–भद्रपुर–झापा गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश

झापा, ९ फागुन:

भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै आज सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।

मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्स आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो। आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन।

सुरुआतमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टरफाइनलबाटै बाहिरनुप¥यो। आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किएका थिए। पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन। त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो।

प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक टीकेन्द्रसिंह थापा घोषित भए। उनले नगद रु २० हजार पुरस्कार पाए। बुधबारको क्वार्टरफाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो। –––

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ