काठमाण्डौ- सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा आउने निर्णय गरेका छन्। उनले पूर्णरुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको बताएका छन्। आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन्।
उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताएका छन्।
.png)