Comments Add Comment

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ। 

प्रवक्ता मोहन श्रेष्ठका अनुसार  पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक  केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। 

राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ