Comments Add Comment

फाल्गुनन्दमा विपद सम्बन्धी जनचेतनामूलक तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम

दिपक दुलाल,फागुन १५

 पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमीडाँडामा विपद सम्बन्धी जनचेतनामूलक तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न समयमा आउँन सक्ने विपद, विपदको जोखिम रोकथाम तथा न्यूनिकरणका उपायहरु,विपद पूर्वको तयारी, आगलागीका कारणहरु,आगलागी नियन्त्रण गर्ने विभिन्न तरिकाहरु  लगायतका विषयमा छलफल भएको थियो ।


कार्यक्रममा फाल्गुनन्द १,नवमीडाँडाका जननिर्वाचित प्रतिनिधीहरु,स्थानिय समाजसेवी,बुद्धिजिवी, संघसंस्थाका प्रतिनिधीहरु,विद्यालयका प्रधानाध्यापक,व्यवस्थापन समिति अध्यक्ष,प्रहरी चौकी इन्चार्ज लगायत २२ जनाको सहभागिता रहेको थियो ।
फाल्गुनन्द गाउँपालिका १ नं.वडाकार्यालय नवमीडाँडाको आर्थिक सहयोगमा संचार विकास केन्द्र पाँचथरले आयोजना गरेको कार्यक्रममा संचार विकास केन्द्र पाँचथरको तर्फबाट १ नं.वडाकार्यालय नवमीडाँडालाई विपद सम्बन्धी विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रमको सहजिकरण संचार विकास केन्द्र पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारी र प्रशिक्षक दिपक भण्डारीले गर्नुभएको थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ