Comments Add Comment

कुम्मायकका किसान सुचिकरण

कुमार खड्का

पाँचथरको कुम्मायक गाउँपालिकाले किसान सुचिकरण कार्यक्रम अघि बढाएको छ। पालिकाको बार्षिक कार्यक्रम अन्तर्गत किसान सुचिकरण कार्यक्रम अघि बढाएको हो। 

किसान सुचिकरण कार्यक्रम पाँचथरका कुम्मायक र हिलिहाङ गाउँपालिकामा संचालित छ। सरकारी तवरबाट किसानहरूलाई उपलब्ध गराईने सेवा सुविधाको समान वितरणको उदेश्यले पालिकाले किसान सुचीकरण कार्यक्रम ल्याएका छन। 

कुम्मायक गाउँपालिकाले यस अघि ७ सय ३ जना किसानलाई सुचिकरण गरिसकेको गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताउनु भयो। पालिकाले अब सहजकर्ता नियुक्ति गरेर किसान सुचिकरण कार्यक्रम अघि बढाउने उहाँको भनाई छ।

त्यस्तै हिलिहाङ गाउँपालिकाले पनि किसान सुचिकरण कार्यक्रम अघि बढाएको छ।  आर्थिक बर्ष २०७८÷०७९ र ७९÷८० मा ३१ सय ५३ जना किसान सुचिकरण भएको पालिकाले जनाएको छ। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ