रमेश थापा
पाँचथर—स्थानीयलाई बजेट बनाउने चटारो छ । असार १० भित्र बजेट ल्याउनु पर्ने बाध्यता छ । त्यसैको तयारीमा अहिले देश भरका स्थानीय तहका जनप्रतिनिधि लागि परेका छन । अघिल्लो निर्वाचनमा पूर्वाधार क्षेत्रमा जनप्रतिनिधिले ठुलो बजेट खर्च गरेका थिए । तर अहिले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा परिणाममुखी काम गर्नु पर्ने बाध्यता छ । जिल्लाका सबै स्थानीयतहले बजेट बनाउन धमाधम लागि परी रहेका बेला कुम्मायक गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिने भएको हो ।

गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले आर्थिक वर्ष २०७९—८० को बजेटमा कृषि क्षेत्र लक्षित बजेट ल्याउन तयारी भइरहेको बताउनु भयो । लावतीले भन्नुभयो “गाउँपालिकाको कुन—कुन क्षेत्रमा के—के खेती गर्न सकिन्छ ? त्यस्को बजारिकरण कसरी गर्ने ? भन्ने बिषयमा सम्भावनाको खोजी गरी अघि बढ्ने तयारी भएको बताउनु भयो । किसानलाई कृषि क्षेत्रबाट आत्मनिर्भर र व्यवसायीक बनाउने गरी बजेट निर्माण भइरहेको लावतीको भनाइ छ ।
.png)