Comments Add Comment

साँवा सेराको पूल निर्माणमा ढिलासुस्ती, ६ वर्षपछि बल्ल गति लिदै

पाँचथरको / पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिका जोड्ने सावाा सेराको पक्की पुलले ६ वर्षपछि बल्ल गति लिएको छ । तमोर कोरिडोर सडक अन्तरर्गत पााचथरको अमरपुर र सुनसरीको चतरा जोड्न निर्माण सुरु गरिएको पुलले ६ वर्षपछि गति लिएको हो । उत्तर दक्षिण लोकमार्ग ताप्लेजुङले मौनाचुली वाईपिआर जेभीलाइ तीन वर्षमा पुलको काम पूरा गर्न २०७४ मा ठेक्का दिएको थियो । तीन वर्षे अवधि २०७६ मा पूरा भयो तर पुल बनेन । त्यस यता तीन पटक म्याद थप भएको छ । अन्तिम पटक थपिएको म्याद असार सकिदैछ । निर्माण कम्पनीले योजनाको काम अन्तिम चरणमा पुर्‍याएको छ । ढिलासुस्ती भएको योजनाले गति लिएपछि तराइसम्म आवत जावत गर्न सहज हुने स्थानीय डिक ध्योज लावती बताए । बर्खाको समयमा खोला तर्न समस्या थियो । पैसा तिरेर झोलुङ्गे पुलबाट हिड्नु पर्ने बाध्यता थियो । तर अब केही आशा पलाएको लावतीले भने ।

निर्माण कम्पनीले म्याट सहितको ५ करोड ९ लाख रुपैयााको योजनाको काम अघि बढाएको थियो । पटक पटक म्याद थप गरी योजना लम्ब्याएको निर्माण कम्पनीले साउन भित्रै काम सम्पन्न गर्ने दावी गर्छ । पुल निर्माणको क्रममा डिपिआर रिपोट गलत भएको र आयोजनको कार्यालय संङघीय संरचना अनुसार कहाा रहने भन्ने टुङगो नहुनु जस्ता कारणले काम प्रभावित भएको निर्माण व्यवसायी दिनानाथ अधिकारी बताए । योजनाको काम ९० प्रतिशत पूरा भएको छ । अब १० प्रतिशत काम असार भित्रै पूरा गछौं् अधिकारीले भने ।

पूर्वी पहाडलाई तराइको झापा, मोरङ र सुनसरीसम्म आवत—जावत गर्न बर्खाको समयमा स्थानीयले सास्ती भोग्दै आएका छन । यता जिल्ला सदरमुकामसम्म पुग्न तुम्बेवा गाउँपालिकावासीले ठुलो समस्या भोग्दै आएका छन । भने कुम्मायक गाउँपालिका हुदै तमोर कोरिडोरमा आवतजावत गर्ने नागरिकले पनि समस्या भोग्दै आएका छन ।

योजनाको काम समय सिमा भित्रै पूरा गराउन निर्माण कम्पनीलाई दबाव दिने कुम्मायक गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले बताए । योजनाको काममा ढिलासुस्ती भएको प्रति हामी गम्भिर भएका छौ । उनले भन्े कुम्मायक र तुम्बेवा गाउँपालिको तर्फबाट योजनाको काम पूरा गर्न दबाव सृर्जना गछौ् लावतीले भने । लामो समयदेखि पक्की पुलको काम अलपत्र पर्दा बर्खाको समयमा सवारी साधनले जोखिम मोल्दै आवत जावत गर्दै आएका छन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ