Comments Add Comment

विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ

सुधा देव

सप्तरी, २० फागुन

राजविराज नगरपालिका वडा नम्बर १३ मा श्री १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ ।

विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन् । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ । महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाई छ ।

महायज्ञमा नेपाल भारतको एक दर्जन पण्डितहरू सहभागी रहेका छन् । महायज्ञको पहिलो दिन करिब दुईसय महिला तथा बालिकाले कलसश भरेर यज्ञ स्थलमा राखेका छन् । आफूले भरेको कलशको दिनहुँ पुजा गर्दैआएका छन् ।

सोही वडामा गणेश मन्दिरमा गणेशको मुर्ति स्थापना गरेपछि विश्व शान्ति गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको स्थानीय भैरव चौधरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ