Comments Add Comment

८० बर्षमा मात्र नागरिकता-"बस्ने राम्रो घर छैन, मेरो बिजोग भयो"

कुमार खड्का

पाँचथर- उमेरले थलिएको शरीर, चाउरी परेको अनुहार, घाम,पानी नथेग्ने घर, बिहान बेलुका छाकटार्न समेत समस्या। यो कथा हो, रबीलाल आङदेम्बेको। 

उनि एक्लो छन, साहारा दिने कोहि छैन, स्थाई ठेगना फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ भएका आङदेम्बे हाल कुम्मायक गाउँपालिका वडा नम्बर ३ बस्दै आएका छन। करिव ६ बर्षको उमेरमा फाल्गुनन्दबाट  मामली आएका रबिलाल कुम्मायक बसोबास गर्न थाले। कुम्मायकमै उनको बिहे भयो। बिहे त भयो, तर २०२६ साल तिर श्रीमतीले पनि अर्काे बिहे गरिन। रबिलालको एकजना छोरी छिन तर धेरै बर्ष देखि बेपता छिन।

उमेर ढल्दै जादा आफ्नो जन्म ठाउँमा फर्कने बिचार गरेका रबिलाल पुनः त्यहि नजिकै बिहे गरेकी आफ्नो  बिहिनीकोमा बस्न थाले। ज्वाईको मृत्युपछि भान्जाभान्जीहरुलाई  स्यार गरेर आफ्नो जिवन बिताएका रबिलाल अहिले भान्जाहरुले नहेरेको बताउछन। रबिलालकी बहिनी अहिले छोरीकोमा बस्दै आएकी छिन।  

रबिलाल अहिले ८० बर्षका भए। तर उनले अहिले मात्र नागरिकता प्राप्त गरेका छन। गाउँबाट चन्दा उठाएर जिल्ला प्रशासन कार्यलय फिदिमसम्म पु¥याएर नागरिकता दिलाउन सफल भएको स्थानिय खेम गुरागाईले बताए। सामान्य अवस्थामा रबिलालले १६ वर्षमा नागरिकता प्राप्त गर्नु पर्‍यो। तर अहिले ८० बर्षको उमेरमा मात्र नागरिकता प्राप्त गरेका छन। नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका रबिलालले नागरिकता प्राप्त गरेसँगै नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता पनि पाउने भएका छन्।

रबिलाले भने ‘यो उमेरमा नागरिकता पाएँ, खुसी लागेको छ, तर बस्ने राम्रो घर छैन, मेरो बिजोग भयो, सरकारले हेर्दिए हुन्थ्यो” उनि थप्छन, सरकारको पैसा खादा पापलाग्छ भनेर यति उमेर सम्म आईयो, तर काम गर्न नसक्ने भएपछि उपाय लागेन”
नागरिकता दिलाउन पहल गर्ने स्थानीय शिक्षक खेम गुरागाई, देबेन्द्र सम्बाहाम्फे,र स्थानीय नरधोज कन्दङवालाई उनले धन्यावाद दिए।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ