फाइल तश्विर
पाँचथर : पाँचथरको द्धितीया मेलामा आयोजना गरिएको भलिवल प्रतियोगिताको पहिलो चरणको खेलमा आज कुम्मायक र आयोजक भिड्ने भएका छन। फाल्गुनन्द–६ र ७ को वासाँगुमा आयोजना गरिएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको सुरुवाती खेल फाल्गुनन्द र कुम्मायक बीच हुने भएको हो । प्रतियोगिताको पहिलो चरणको खेल कात्तिक ३० गते बिहान ७:३० बजेदेखि कुम्मायक गाउँपालिका र आयोजक भिड्ने भएका हुन।
पहिलो चरणको दोश्रो खेल ९ बजे इलाम नगरपालिका र फिदिम नगरपालिका बीच हुने भएको छ । त्यस्तै तेस्रो खेल १०ः३० बजे मिक्लाजुङ र हिलिहाङ गाउँपालिका बीच हुनेछ । चौथो खेल १२ बजे फाल्गुनन्द र फाक्फोकथुम गाउँपालिका इलाम बीच हुने भएको छ । त्यस्तै १ः३० मा याङवरक र आठराई गाउँपालिका तेह्रथुम बीच हुने भएको छ भने पहिलो चरणको अन्तिम खेल दिउसो ३ बजे तुम्बेवा र फालेलुङ गाउँपालिका बीच हुने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ ।
.png)