Comments Add Comment

कुम्मायकको नीति तथा कार्यक्रम : कृषिलाई उच्च प्राथमिकता

रमेश थापा 
पाँचथर
: पाँचथरको कुम्मायक गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकता दिने भएको छ । गाउँपालिकाको १२ औं अधिवेशन मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषिलाई प्राथमिकता दिने भएको हो । 

गाउँपालिकाले कृषि प्रणालिमा रहेको लागत खर्च न्यूनीकरण गर्न कृषिमा यान्त्रीकरण गर्ने भएको छ । नमुना कृषि गाउँको विकास गर्ने, किसानले उत्पादन गरेको कृषि जन्य बस्तुको भण्डारणको लागि चिस्यान केन्द्र निर्माण गर्ने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले परम्परागत निर्वाहमुखि कृषि प्राणलीलाई व्यावसायीक तथा आर्थिक आयआर्जनको मुख्य आधारको रुपमा विकास गर्न लागेको बताए ।

त्यस्तै यासोक बजारमा अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न सिसि क्यामेरा जडान गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा निरन्तर काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ