Comments Add Comment

राजनीति पुनः लयमा फर्कन थाल्योः प्रवक्ता डा महत

त्रिशूली, २३ फागुन 

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुनः सम्हालिएर अघि बढ्न थालेको बताउनुभएको छ ।

नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई आज नुवाकोटको लिखुमा सम्बोधन गर्दै उहाँले जनमत र राष्ट्रिय आवश्यकताअनुसार गरिएको गठबन्धनले बाटो बिराएर पछाडि फर्कन थालेकामा कांग्रेसको सक्रियताले पुनः लयमा ल्याउन सफल भएको बताउनुभयो ।

“सबै तहका निर्वाचन सम्पन्न भएसँगै अब विकासको अवसर सिर्जना भयो भनेर खुसी भएका जनतामा गत पुस १० गतेपछि नैराश्यता छाएको थियो”, डा महतले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनले पुनः जनमतको सम्मान र जनताको चाहनालाई सम्बोधन गर्नेछ । आशा गरौँ यो निश्चित गन्तव्यमा पुग्नेछ ।”

देशमा राजनीतिक स्थिरता र स्थिर सरकारको निर्माण गर्न बाटो खुला भएकाले विकास निर्माणमा केन्द्रित हुन बाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध दललाई जनमतअनुसार एकजुट बनाएको उहाँको भनाइ थियो । मुलुक अहिले आर्थिक सङ्कटमा रहेकाले अधिकार सम्पन्न स्थानीय तहले जनताको सेवा तथा सुविधा पु¥याउन र स–साना माग पूरा गर्न लाग्नुपर्ने उल्लेख गर्दै डा महतले ठूल्ठूला योजना कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धितर्फ लम्काउने बताउनुभयो । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ