यासोक—पाँचथरको फिदिम नगरपालिका १० स्थित पानी घाट आधारभुत विद्यालयका छात्रछात्रालाइ न्यानो स्विटर, टोपी स्टेशनरी वितरण गरिएको छ ।
जनसेवा समाज पाँचथरको संयोजनमा १५ छात्रछात्रालाइ न्यानो कपडा स्टेशनरी र उनीको टोपी सहितका सामग्री हस्तान्तरण गरिएको छ । फिदिम-१ का समाजसेवी होम थापाको सहयोगमा विद्यालयका छात्रछात्रालाई न्यानो कपडा लगायतका सामग्री हस्तान्तरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सामग्री वितरणमा स्थानीय जनप्रतिनिधि, जनसेवा समाजका पदाधिकारी र विद्यालय व्यवस्थापन तथा शिक्षक अविभावक संघका पदाधिकारी सहभागी थिए ।
.png)