तेह्रथुम- लालीगुँरास नगरपालिका-२ स्थित सडकमा लसुनेबाट बसन्तपुरतर्फ जाँदै गरेको प्र.१-०२-००३ त २४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीया पबित्रा कुमारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वस्थ्य केन्द्र बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई थप उपचारको लागि घोपा धरान रिफर गरिएको छ ।
.png)