Comments Add Comment

बालिका बलत्कार आराेपमा एक जना पक्राउ

दाङ, २५ फागुन । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ