Comments Add Comment

घुस रकमसहित शिक्षा अधिकृत पक्राउ

काठमाडौं, २५ फागुन

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो । यस विषयमा थप अनुसन्धान गर्ने  थपलियाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ