Comments Add Comment

प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेललाई बधाई

काठमाडौँ, २५ फागुन:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो ।

“राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै सङ्घीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

नौ दलका तर्फबाट उम्मेदवार रहनुभएका पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उहाँले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको थियो । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ