Comments Add Comment

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

सिरहा, १४ असार ।

६० वर्षकी महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा भगवानपुर गाउँपालिका-४ ठाडी बस्ने ५० वर्षीया कोशिला देवी साह र उनकै बुहारी ३५ वर्षीया फुलकुमारी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बोक्सीको आरोप लगाई कुटपिट गर्दा घाइते भएकी पीडित महिलालाई उपचारको लागि लहान अस्पतालतर्फ पठाइएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरु उपर बोक्सी आरोप सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सिरहाबाट ७  दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी गराएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ