Comments Add Comment

१८औँ महा मै मैत्रीदिवस मनाउँदै बोधीश्रवण

इन्दीप कोइराला

बारा, २९ फागुन । शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका निम्ति बोधि मार्ग दर्शनमैत्री धर्मले महा मै मैत्री दिवस मनाउने भएको छ ।

बोधी श्रवण धर्म संघ बाराले यही चैत ७ गते बाराको निजगढ नगरपालिकाको निजगढबाट सुरु गरी चैत ८ गते निजगढको रतनपुरमा महा मै मैत्री दिवस सम्पन्न गर्ने जनाएको छ । कार्यक्रम अनुसार चैत ७ गते बिहान ११ बजेबाट निजगढको भमरा पूलदेखि तामागढीसम्म महा मै मैत्रीशान्ति पद यात्रा सोही दिन बेलुका ६ बजेबाट विश्व शान्ति महा मै मैत्रीपूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पणको कार्यक्रम रहने बताइएको छ । 

यस्तै ८, ९ र १० गते बिहान ६ बजेबाट विभिन्न स्थानमा पुनः विश्व शान्ति महा मै मैत्रीपूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पण गरिनेछ भने दिनको १ बजेबाट मा आत्मा गुरुहरुबाट धर्म देशना कार्यक्रम, आमन्त्रित पाहुनहरुबाट मन्तव्य र साँझ ७ बजेबाट तपस्वी राम बहादुर बमजनको तपस्या स्थल, रतनपुरीमा विश्व शान्ति महा मै मैत्री दीप प्रज्वलन कार्यक्रम गरी मैत्री दिवस मनाउने तयारी गरिएको बोधि श्रवण धर्म संघ बाराका अध्यक्ष राजु शाहले जानकारी दिए । 

सत्यलाई कसैले पनिकुनै तरिकाले कुल्चन नसक्ने उल्लेख गर्दै अमर तथ्य बुझेर अमर रहँदै सत्यमार्गमा आउन महा मै मैत्री दिवस मनाउन लागिएको अध्यक्ष शाहले बताए । उनले पवित्र अनुष्ठानमा सबैलाई सहभागी हुन आग्रह समेत गरे ।

तपस्वी रामबहादुर बमजनलाई धर्मगुरु बनाउदै उनका अनुयाहीहरुले सुरु गरेको बोधीश्रवण स्थापना भएको १७ वर्ष पुरा भएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ