Comments Add Comment

राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं, २९ फागुन

राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा  सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन्।

उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ।

पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम  कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ