Comments Add Comment

डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

धनगढी, ३० फागुन ।  डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

सिलगढीदेखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ