Comments Add Comment

स्युवियु निर्वाचनः पाँचथरका सबै क्याम्पसमा निर्बिराेध निर्वाचित

पाँचथर, १ चैत। पाँचथर जिल्लाका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन्।

सदरमुकामको पाँचथर बहुमुखी क्याम्पस, कुम्मायकको यासोक क्याम्पस, मिक्लाजुङको रवि क्याम्पस र याङवरकको थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन।

जिल्लामा कृयाशिल संघठनहरुको सहमतिमा चारमध्ये कुम्मायकको यासोक क्याम्पस र याङवरकको थर्पु क्याम्पसको स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियु, मिक्लाजुङको रबि क्याम्पसमा अखिल क्रान्तिकारी र सदरमुकाम फिदिमको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व लिएका हुन ।

जस अनुसार पाँचथर बहुमुखी क्याम्पसमा नेबिसंघकी मुना नेपाली,यासोक क्याक्पसमा अनेरास्ववियुका मनोज थापा, रबि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका चन्द्रहाङ लावती र थर्पु क्याम्पसमा अनेरास्ववियुका एम्बाहाङ योङहाङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराए पछि निर्बिराेध निर्वाचित भएका हुन। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ