यासोक—पाँचथरको कुम्मायक गाउँपालिका सहित जिल्लाका सबै पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन मंसिर ११, १२ र १३ गते हुने भएको छ । कुम्मायक गाउँपालिका सहित सबै पालिकामा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको सो पाटीले जनाएको छ । मंसिर ११ गते शनिवार कुम्मायकमा हुने अधिवेशनको प्रमुख अथिति तथा पाटीका केन्द्रिय सदस्य नरबहादुर दुलाल, प्रदेश सभा सदस्य सिता थेवे र प्रदेश कमिटी सदस्य अमरसिं थापा लगायतका केन्द्र र जिल्लातहका नेताहरुले सम्वोधन गर्ने पाटीका पालिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै तुम्बेवा पालिका अधिवेशनको उत्घाटन पाटीका केन्द्रिय सदस्य तथा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले गर्नुहुने भएको छ । मंसिर ११ गते जिल्लाको कुम्मायक, तुम्बेवा, फालेलुङ, याङवरक गाउँपालिकामा अधिवेशन सम्पन्न हुने भएको छ । त्यस्तै मंसिर १२ गते मिक्लाजुङ, फाल्गुनन्द, हिलिहाङ गाउँपालिका र मंसिर १३ गते फिदिम नगरपालिकामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।
मंसिर १२ र १३ गते हुने अन्य पालिका र नगरपालिका अधिवेशनमा पाटीका केन्द्रिय सदस्य तथा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) केन्द्रिय सदस्य नरबहादुर दुलाल, प्रदेश सभा सदस्य सिता थेवे, प्रदेश कमिटी सदस्य हर्क नेम्बाङ (मिक्सो) लगायत केन्द्र, प्रदेश र जिल्लातहका नेताहरुले अधिवेशनमा सम्बोधन गर्ने जनाइएको छ ।
.png)