कुमार खड्का
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयगत रुपमा पदक तथा पुरस्कार वितरण नगरिने भएको छ। छानबिन गर्दा विद्यालयहरुले गैर विद्यार्थीलाई खेलमा समावेश गराएको पाईए पछि कार्वाहीस्वरुप यस्तो निर्णय गरिएको हो।
गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम गत माघ २७ गतेबाट २९ गते सम्म कुम्मायक २ माङजाबुङ स्थित श्री सिध्द सरस्वती मावि ले कार्यक्रमको आयोजना गरेको थियो। कुम्मायक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्तापन तथा निर्देशन समितिको बैठकले उक्त कार्यक्रममा अधिकांस खेलहरु राम्रो संग चलेको पाईए पनि छात्रहरुको भलिवल खेलमा ३ वटा विद्यालयले मापदण्ड विपरितका विद्यार्थी सहभागि गराएको पाईएको प्रतियोगिता व्यवस्तापन तथा निर्देशन समितिले जनाएको छ । भलिवल खेलका सम्पूर्ण खेलहरु रध्द गरी विद्यालयगत रुपमा पहिलो , दोस्रो र तेस्रो पदक तथा पुरस्कार वितण नगरिने तर अन्य खेलमा सहभागी विद्यार्थीहरुलाई भने पुरस्कार दिईने भएको छ ।
भलिवल खेलमा मापदण्ड विपरितका विद्यार्थी सहभागी गराउने विद्यालयहरु सिद्ध सरस्वती मावि माङजाबुङबाट गैर विद्यार्थी १ जना स्वर्ण पदक विजेता, पृथ्वी मावि यासोकबाट १ जना रजत पदक विजेता, महेन्द्रोदय मावि कुम्मायक ५ बाट १ जना कास्य पदक विजेता गैर विद्यार्थी खेलमा सहभागी गराएको पाईएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्तापन तथा निर्देशन समितिले जनाएको छ।
निर्णयमा भनिएको छ, “श्री सिद्ध सरस्वती मावि माङजाबुङमा मिति २०७९ माघ २७ गते देखि २९ गते सम्म सञ्चालित गाउँपालिका स्तरिय अन्तर बिद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको खेलकुद कार्यक्रमको समिक्षा सम्बन्धमा अधिंकास खेलहरु राम्रो संग भएको पाईयो। आगीमा दिनमा यस प्रकारको खेलकुद कार्यक्रमहरुलाई अझ सुव्यवस्थित तवरले संचालन गर्ने साथै कार्वाहि स्वरुप पदक विजेता विद्यालयको सम्बन्धित पदक खोसी विद्यालयगत रुपमा पदक तथा पुरस्कार वितरण नगर्ने” भनिएको छ।
पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिवल खेलमा सरस्वती मावि माङजाबुङले गैर विद्यार्थीलाई खेलमा समावेश गराएको भन्दै पृथ्वी मावि यासोक र महेन्द्रोदय मावि स्याबरुम्वाले लिखित निवेदन दिएका थिए भने सरस्वती मावि माङजाबुङले पनि पृथ्वी मावि यासोक र महेन्द्रोदय मावि स्याबरुम्वाले गैर विद्यार्थी सहभागि गएको भनेर निवेदन दिएपछी विवाद उत्पन्न भई कार्यक्रमको पुरस्कार वितरण कार्य रोकिएको थियो।
.png)