Comments Add Comment

कुम्मायकमा निशुल्क लोकसेवा तयारी कक्षा सुरु

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ । खरिदार तथा नायब सुब्बा साथै सहायक चौथो/पाँचौ तह का विज्ञापनका लागी लक्षित गरि संचालन गरिएको लोकसेवा तयारी कक्षा आजबाट बाट सुरु भएको हो।

गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० को स्वीकृत बार्षिक निति तथा कार्यक्रम अनुसार विनियोजन भएको ४ लाख रुपैयाँबाट शिक्षा शाखा मार्फत लोकसेवा तयारी कक्षा संचालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदिप सिं तामाङले जानकारी दिनु भयो।

६० दिनसम्म सञ्चालन हुने कक्षा तयारीका लागि गाउँपालिका भित्रका ४२ जनाले निवेदन दिएका थिएका छन्।

सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई लक्षित गरि गाउँमै निशुल्क लोक सेवा तयारी कक्षा संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले जानकारी दिनु भयो। लोकसेवा तयारी कक्षा विहान ७ बजेदेखि ९ बजेसम्म दिनको २ घण्टा संचालन हुने र हिडेर आउन नसक्ने टाँढा घर भएका विद्यार्थिहरुको लागि खाना र आवासको सुविधा समेत उपलब्ध गरिदिने तुम्वापोले बताउनुभयो।

उहाले भन्नुभयो "राम्रो संग मेहिनत गरेर अध्ययन गर्ने विद्यार्थीलाई गाउँपालिकाले सदैव सहयोग गर्नेछ अध्ययनको शिलसिलामा समस्या परे हामीलाई भन्नुहोस"

गाउँपालिकाले कक्षा सुरु हुनु अघिनै लोकसेवा कक्षाको वारेमा सिध्द सरस्वती मा.वि. माङ्जाबुङ, पृथ्वी मा.वि. यासोक र यासोक क्याम्पसमा अभिमुखिकरण कार्यक्रम समेत गरिसकेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ