Comments Add Comment

हत्यामा समलग्न ३ जना पक्राउ

झापा, २०७९ असार १९ गते ।

झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ बर्षीय सुरेश परियार रहेका छन् ।

असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको  आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले  पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ