Comments Add Comment

माओवादी केन्द्रको कुम्मायक गाउँपालिका अध्यक्ष खडका

पाँचथर—नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको कुम्मायक गाउँपालिका गाउ संगठन कमिटी अध्यक्षमा महेन्द्र बहादुर खड्का सर्वसम्हत चयन हुनुभएको छ । शनिवार पृथ्वी मा.विको सभाहलमा पाटीको प्रथम ऐतिहासिक प्रथम पालिका अधिवेशनले खड्कालाई सर्वसम्हत चयन गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा क्रमश: सोम तामाङ, गिता खड्का र डुकेन्द्र चेम्जोङ चयन हुनुभएको छ । त्यस्तै सचिव प्रविण निरौला, सहसचिव महेन्द्र सुन्दर कार्की, कोषाध्यक्ष प्रविण चापागाई गरी ५५ सदस्य संगठन कमिटी सर्वसम्हत चयन गरिएको हो । 
कार्यक्रमको खुल्ला शत्रमा एमाले, काङग्रेस र राप्रपा पाटी परित्याग गरी ५० जना माओवादी केन्द्रमा प्रवेश गरेको सो पाटीले जनाएको छ । कार्यक्रमका प्रमुख अथिति पाटीका लेखा समिति आयोगका केन्द्रिय सदस्य नरबहादुर दुलाल, प्रदेश सभा सदस्य सिता थेबे, प्रदेश कमिटी सदस्य अमरबहादुर थापा लगायतका बक्ताहरुले सम्वोधन गरेका थिए । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ