Comments Add Comment

अपराजित यात्रामा धक्का, गुम्यो तिन वर्षे रनिङ ट्रफी 

रमेश थापा 
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाले तीन वर्षे रनिङ शिल्ड गुमाएको छ। गाउँपालिकामा जारी चौथो अन्तर पालिका स्तरीय आमन्त्रण “कुम्मायक गोल्डकप” रनिङ शिल्ड प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकासंगको खेलमा पराजित भएपछि तीन वर्षे रनिङ शिल्ड गुमाएको हो। 
यस अघि निरन्तर दुई वर्षको च्याम्पियन बनेको कुम्मायकले यो वर्षको खेलमा नराम्रो हार व्यहोरेको छ। यो हारसंगै तीन वर्षे रनिङ शिल्ड गुमाएको आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष रोहन घिमिरेले विश्वसंचार अनलाइनलाई बताए । कुम्मायक स्पोर्टिङ क्लवले आयोजना गरेको प्रतियोगितामा कुम्मायक दुई पटक च्याम्पियन बनेको थियो । तर यस पटक फाल्गुनन्द गाउँपालिकासंग सेमिफाइनल खेलेको कुम्मायकले १–० हार भोग्यो। कुम्मायकले रनिङ शिल्ड मात्रै गुमाएन्। सेमिफाइनलबाटै बाहिरीन पुग्यो।
स्थानीय कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा कुम्मायकलाई १–० अन्तरले हराउदै फाल्गुनन्द गाउँपालिका उपाधि नजिक पुगेको छ। फाल्गुनन्दका लागि बिनोद नेम्वाङले गरेको गोल नै निर्णायक बन्यो। फाल्गुनन्दले उपाधिका लागि चैत १४ गते हुने मिक्लाजुङ र याङवरक गाउँपालिकाको सेमिफाइनल खेल पर्खनु पर्नेछ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ