रमेश थापा
पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकाको मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा यासोकले विरामी सदस्यलाई आर्थिक सहयोग गरेको छ । यासोक बजारमा स्थापना भई सेवा प्रभाह गर्दै आएको कार्यालयले संस्थाको सदस्य ममिन्द्र माया चेम्जोङलाई आर्थिक सहयोग गरेको शाखा प्रमुख प्रकाश गर्ताैलाले बताए ।

लामो समयदेखि स्वास्थ्यमा समस्या आएपछि उपचार गराइरहेकी चेम्जोङलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाको तर्फबाट १० हजार रुपैयाँ आथिक सहयोग गरेको गतौलाले बताए । कार्यालयले संस्थामा आवद्ध दीर्घरोगी, सुत्केरी, बिरामी र ज्यान गुमाउने सदस्यका परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ ।
.png)