Comments Add Comment

कुम्मायकका स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि अभिमुखिकरण

रमेश थापा
पाँचथर ः पाँचथरको कुम्मायक गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुको लागि आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरको आयोजनामा आयुर्वेद स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको  हो । 
कार्यक्रमको सहजिकरण गर्दै जिल्ला आयुर्वेद पाँचथरका प्रमुख टेकनाथ अर्यालले रोग लाग्न नदिन दैनिक योग, आहारविहारमा परिवर्तन गुर्नपर्नेमा जोड दिए  । उनले गाउँ घरमै रहेका घरेलु उपचार विधि र दैनिक जनजीवनमा परिवर्तन गर्ने हो भने निरोगी र मानिस स्वस्थ्य हुने समेत बताए । गाउँपालिकाको पाँच वडाका ३६ जना स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुलाई सुगर, प्रेसर, ग्याष्ट्रिक लगायतका रोगहरुको रोकथाम तथा न्युनीकरण सम्बन्धी जानकारी गराइएको थियो । त्यस्तै खानपान, योग, दैनिक दिनचर्या सम्बन्धि समेत जानकारी गराइएको थियो ।

गाउँपालिकाबासीलाई तीन वर्षदेखि नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा दिदै आएको गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए । आगामी दिनमा आरोग्य केन्द्रलाई थप व्यवस्थित गर्दै लाने अध्यक्ष लावतीको भनाइ थियो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष मेहन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आयुर्वेद उपचार पद्धतिको बिषयमा धारणा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति पाँचथरका संयोजक रामराज आङ्देम्बेको प्रमुख आथित्वतामा सम्पन्न भएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ