कुमार खड्का
यासोक–पाँचथरको कुम्मायक गाउँपालिकाको कार्यालय सरेको छ। गाउँपालिकाको कार्यालय प्रदेश सरकारबाट निर्मित आवसिय भवनमा सरेको हो।
यसअघि गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आएको थियो। भाडाको घरमा बस्दै आएको पालिकाको कार्यालयले २ वटा घरको लागि मासिक ८४ हजार तिर्दे आएको थियो। अव भने पालिकाको घरभाडा बापतकोे रकम वचत हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले बताउनुभयो। नयाँ कार्यालयबाट पालिकाले नागरिकलाई दिने सेवामा थप सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत तुम्बापोको भनाई।
केहि दिन अघि बसेको कार्यपालिकाको बैठकले कार्यालय सार्ने निर्णय गरेको थियो। गाउँपालिकाले शहरी विकास तथा भवन कार्यालय ईलामबाट सहमति लिई आवसिय भवन विना शर्त प्रयोग गर्न लागेको पालिकाले जानकारी गराएको थियो। विना शर्त भवन प्रयोग गर्न अनिमति दिएपछि कार्यालय सारिएको पालिकाले जनाएको छ। कोशी प्रदेश सरकारको सहयोगमा निर्मित आवसिय भवन स्वामिनारयण जे.भी ले निर्माण गरिरहेको छ। भवन करिव निर्माण भईसकेको छ। भवन बाहिरका केहि संरचना बनाउन बाकीँ छ। आवश्यक प्रक्रिया पुरा गरेर छिट्टै भवन जिम्मा लगाउने निर्माण कम्पनीले जनाएको छ।
यसैबिच कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावतीले गाउँपालिकामा रहेकोे वित्तीय बोझ क्रमश कम गर्दे जाने बताउनुभएको छ। भाडाको घरबाट सेवा प्रभाह गर्दे आएका अन्य कार्यालयहरु पनि अब सरकारी संरचनाबाटैे सेवा प्रवाह गर्दे वितिय बोझ कम गर्ने बताउनुभएको हो।
.png)